रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पर्यापर्यटन र सामाजिक विकासमा चारपाला वन

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ ।

वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको फोहोरा निर्माण गरी हस्तान्तरण गरेको छ ।

५ लाख रुपैयाँको लगानीमा पार्कलाई थप आकर्षक बनाउन टेवा पुगोस भनेर पानीको फोहोरा निर्माण गरी हस्तान्तरण गरिएको वनका अध्यक्ष जगतनाथ शर्माले जानकारी दिए ।

वन हुँदै तिनाउ गाउँपालिका जाने बाटोका विभिन्न ठाउँमा पिकनिक स्पोर्टर्स क्षेत्रमा ३ वटा सेडहरुमा निर्माण गरिएको छ । यो वर्ष चारपाला वाटिका तथा फलफूल बगान निर्माण अघि बढाइएको छ ।

विभिन्न प्रजातिका फलफूल लगाउन १० हेक्टर क्षेत्र छुटटाइएको छ । वनका विभिन्न क्षेत्रमा मेस जाली सहित तारवार गरिएको छ । वनका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री पनि राखिएको वनका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।

वनको कार्यालय परिसरमा १५ हजार विरुवा आफै उत्पादन गर्न सक्ने आधुनिक नर्सरी निर्माण गर्न थालिएको छ ।

हालै रेडक्रस सोसाइटी रुपन्देहीलाई प्रिन्ट मेसिन, स्कुललाई डेक्सबेन्च, प्रहरी चौकीको प्रतिक्षालयमा डेक्सबेन्च, शुद्धोधनको मैनहियामामा यात्रु प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पौडेलले बताए ।

यो वर्ष पर्यापटन र सामाजिक विकासको क्षेत्रमा वनले २५ लाख रुपैयाँभन्दा बढीको काम गरेको अध्यक्ष पौडेलको भनाइ छ । वनका विभिन्न उपसमितिलाई डिभिजन वन कार्यालय भैरहवाको सहयोगमा डाले घासका ५ हजार विरुवा रोपिएको छ । चारपाला नेपालकै ठूलो र संरक्षित वन हो ।

यो वनमा विभिन्न प्रजातिमा जंगली जनावरहरु पाइन्छ । वनको उचित संरक्षण हेर्न अन्य जिल्लाबाट पनि वन समितिहरु चारपालामा आउने गर्छन ।

पानीको फोहोरा उद्घाटन कार्यक्रममा बुटवल १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा, वनका उपाध्यक्ष रामकुमारी पौडेल, सचिवदुर्गा पाठक, पार्कका अध्यक्ष हेमराज आचार्य लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित