मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमाका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले धार्मिक तथा सार्वजनिक स्थलको एक सय मिटर वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइए कारबाही हुने बताए ।

शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशालालगायत सार्वजनिक स्थल आसपासमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको बताए ।

नगर प्रमुख खाँणले जारी गरेको सूचनामा भनिएको छ, ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ ।’

नगर प्रमुख खाँणले एक सूचना प्रकाशित गरी सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक लगाइएको जानकारी गराएका हुन् ।

सूचनामा भनिएको छ, ‘कोही कसैले उल्लिखित सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाहीको लागि सम्बन्धित निकायमा पठाइने व्यहोरा जानकारी गराइन्छ ।’

यसअघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँदै अटेर गरे ५० हजार रुपैयाँसम्म जरिवाना हुने जनाएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित