मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

भुटानले माग्यो भैरहवामा उडान अनुमति

बुटवल । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटी ले भैरहवाबाट पनि उडान गर्ने भएको छ ।

हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवाबाट उडान गर्ने भएको हो । त्यसका लागि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको छ ।

भैरहवाका साथ पोखरा पनि उडानको अनुमती सिभिल एभिएसन अथोरिटीले मागेको छ ।

नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आकलन छ । ‘चाँडो अनुमति दिलाउन र सहजीकरण गर्न भुटानको सम्बन्धित मन्त्रालयले भनेको छ,’ महानिर्देशक सचिवालय स्रोतले भन्यो, ‘भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ ।’

दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् । कम्तीमा २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माण गरिएको उक्त विमानस्थलमा भुटानी वायुसेवालाई उडानका लागि रुटको समस्या हुने छैन । पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ रुटबाट जहाजले भुटान ओहोदोहार गर्न सक्छन् । यो रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ । त्यसैगरी भैरहवा–भुटान (पारो) उडानका लागि पनि हवाई रुटको झमेला छैन ।

हाल ड्र्युक एअरले एटीआर र एयरबस ए–३१९ बाट सातामा चार र भुटान एअरले एयरबस ए–३१९ बाट सातामा दुइटा पारो–काठमाडौं उडान भर्दै आइरहेको छ । ड्र्युकले नेपालसहित एसियाका १० वटा गन्तव्यलाई राजधानी थिम्पुसँग जोडेको छ भने भुटान एअरले काठमाडौंसहित ५ वटा एसियाली सहरमा उडान भर्दै आइरहेको छ । एक वर्षअघि सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयर र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित