रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा

बुटवल। बम्घाट युवा क्लवको सहयोगमा लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा तथा कामाख्या देवी मन्दीर दर्शन गराइएको छ ।

सोमबार बुटवलको बम्घाटमा रहेको बुटवल हिल्स, लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटु पीडित सरोकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश केसी, उपाध्यक्ष कृष्ण मल्लको संयोजकत्वमा ३० जना मिर्गाैलाको डाईलासिस गर्दै आएका व्यक्तिहरुलाई केवलकारमा यात्रा तथा तिनाउ–३ बसन्तपुर पाल्पामा रहेको कामाख्यादेवी मन्दीरमा दर्शन गराइएको हो ।

मिर्गाैलाको नियमित डाईलाईसीस गर्दै आएका विरामीहरुलाई केही समय भएपनि खुल्ला वातावारणमा रिफ्रेसमेन्ट प्रदान गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष रमेश केसीले जानकारी दिए ।

कार्यक्रममा क्लवको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठ, विशाल घिमिरेले बोल्दै क्लवलाई केवलकारले प्रदान गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको कोटामा मिर्गाैला तथा मुटु रोगीहरुलाई यात्रा गराइएको जानकारी दिए ।

केवलकारको विषयमा जानकारी दिदै लुम्बिनी केवरकारका मिडिया संयोजक टोपराज शर्माले केवलकारले विभिन्न समयमा विभिन्न प्रकृतिका व्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष छुटमा यात्रा गराउने गरेको जानकारी गराएका थिए ।

केबलकारले विद्यार्थी, बुटवल–३ र तिनाउ– ३ का वडावासीलाई २५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटमा केवलकारको यात्रा गराउँदै आएको अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।

केवलकार चढ्न पाउँदा र मन्दीर दर्शन गर्न पाउँदा विरामीहरुमाहरु खुसि भएका थिए । केही समय भए पनि शान्तवातावरणले उनीहरुको मानसिकतामा समेत प्रभाव पार्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका सिनियर नर्स सरिता कुँवरले जानकारी गराएकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित