मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा धर्म, ज्योतिष एवं बास्तु सम्मेलन हुने

बुटवल । बुटवलमा धर्म, ज्योतिष एवं बास्तु सम्मेलन हुने भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा हुने सम्मेलन साउन १९ र २० गते बुटवलमा हुने भएको हो ।

आयोजक संस्था विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटिले पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको बताएको छ । बुटवलको सिद्धार्थ कटेजमा हुने सम्मेलनमा प्रा. डा. देवमणि भटट्राईले आशौच परिचय र निर्णयहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै उप प्रध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिषशास्त्रमा बैदेशिक यात्रा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।

यसैगरी प्रशिक्षण बास्तु र जीवन प्रशिक्षण बारे डा. माधवमंगल जोसी कार्यपत्र प्रस्तुत गर्ने उनले बताए ।

करिव ४ सय भन्दा बढि ज्योतिषहरुको सहभागिता रहने सम्मेलनले बुटवल घोषणापत्र समेत जारी गर्नेछ ।

सम्मेलनमा स्वामी लोकानन्द जी महाराज, डा. माधवमंगल जोशी, नेपाल पञ्चांक निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, संस्कृत केन्द्रीय विभागका प्रा. डा. नारायण गौतमको उपस्थिती रहनेछ । प्रतिव्यक्ति १ हजार ५ सय प्रवेश शुल्क तोकिएको सम्मेलन विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटिको पहिलो कार्यक्रम हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित