रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

बुटवल । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् ।

सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका ती बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

जिल्ला अदालत रुपन्देहीले मँगलबार सहकारीका अध्यक्ष घर्तीलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायधिश महेन्द्रराज काफ्लेको ईजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित