मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सिद्धबाबा मन्दिरको सवै आर्थिक कारोबार अव डिजिटल प्रणालीबाट

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सवै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको छ ।

नयाँ आर्थिक बर्ष सुरु भए संगै मन्दिरले सोमबार देखि सवै कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको हो ।

केही दिन अघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनाविना भएको घटना सार्वजनिक भएसंगै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न सुरु गरेको हो ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर हुने १५ वटा विभिन्न शिर्षकको कारोबार अव डिजिटल माध्यमबाट गरिने बताए ।

सुरुवातको समयमा एउटा कम्प्युटरबाट यो सेवा दिन थालेको भन्दै अध्यक्ष शेरचनले केही महिनामै दुई वटा कम्प्युटरबाट डिजिटल भुक्तानी रसिद भक्तजनलाई दिने बताए ।

१ लाख ५० हजार खर्च गरेर डिजिटल भुक्तानी सुरु गरेको भन्दै उनले मन्दिरमा बढि भिडभाड हुने समयमा भक्तजनलाई केही असहजता हुने भएपनि समग्र आर्थिक पारदर्शीताका लागि यो काम अगाडि बढाइएको बताए ।

‘हामीले परेवा, सवारी, विवाह, बर्तबन्ध, ग्रहशान्ती, सहयोग, सटरभाडा, विजुली, रुद्री, लघु रुद्री लगाएतका विभिन्न शिर्षकमा लाग्ने रकम डिजिटल भुक्तानी मार्फत लिन्छौ ।’ उनले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित