मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रास्वपा रूपन्देहीको विवाद मिल्यो, अध्यक्ष फेरियो

राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीको विवाद मिलेको छ । आईतबार ईलाका प्रहरी कार्यालय बुटवलमा दुई समुहबीच कुटपिटको विषयमा मिलापत्र र नेतृत्व विषयमा जिल्ला संयोजकनै परिवर्तन गरी विवाद मिलाइएको हो ।

रास्वपाको विवाद छताछुल्ल भएपछि जिल्लाको नेतृत्व ५ महिनामै परिवर्तन गरिएको छ।

जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटपिट गरेको विषय प्रहरीसम्म पुगेपछि रास्वपाको आलोचना हुन थालेको छ ।

विवाद बढ्दै गएपछि अहिले जिल्लाका संयोजक रहेका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको छ ।

त्यसैगरी यो विवाद बाहिर ल्याउने सैनामैनाका दामोदर खत्रीलाई पार्टीको केन्द्रीय अनुसन्धान टिमले काठमाडाैं बोलाइएको छ ।

विवाद सार्वजनिक गरेका पार्टीका सैनामैनाका दामोदर खत्रीले पार्टीभित्रका समस्या बाहिर ल्याएको र यो विषयमा केन्द्रीय अनुसन्धान टिमले ४ गते काठमाडाैं बोलाएको बताए ।

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले जिल्लाभित्र नेतृत्वको बीचमा विवाद भएकाले नयाँ विकल्पका लागि नेतृत्व फेरिएको बताए।

‘माघ २४ मा प्रकाश ज्ञवालीलाई अध्यक्ष बनाइएको थियो, तर केही विवाद आए, उहाँ सरकारी शिक्षक पनि भएकाले नेतृत्व फेरिएको हो, अब रुपन्देहीको संयोजक प्रदेश कमिटी सदस्य बुद्धि शर्माले गर्ने गरी जिम्मेवारी तोकिएको छ, कुटपिटको विषयमा त्यो घटनामा संलग्न दामोदर खत्रीलाई इलाका प्रहरीमा माफी मगाएर आगामी दिनमा गल्ती नगर्ने गरी कागज गराइएको छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित