मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

व्यवसाय प्रवर्द्धनको नयाँ शैली अपनाउँदै द कफी हबका निर्देशक तिरास

 

बुटवल । तिलोत्तमा–३ योगीकुटी, शान्तिचोकमा युवा व्यवसायी तिरास लाम्टाङ्गे मगरले ‘द कफी हब’ सञ्चालनमा ल्याएको ३ वर्ष बढी भयो । कफी तथा चियाका पारखीहरुलाई विभिन्न फ्लेवरका स्वाद चखाउँदै आएका उनले युवाहरुलाई व्यवसायीक सीप समेत उपलब्ध गराउँदै आएका छन् ।

हस्पिटालिटी कक्षा सञ्चालन गर्दै आएको कफी हबले स्थापनाको छोटो समयमै ७ सय बढी विद्यार्थीलाई तालिम प्रदान गरेको छ । बेकरी तथा वारिष्ठा तालिम सञ्चालन गर्दै आएको कफी हबबाट सीप सिकेर विद्यार्थीहरु विदेशमा समेत जाने गरेका छन् । मुख्यगरी माल्दिभ्स, दुबई तथा इथोपियाका लागि सिधै रोजगारदाता कम्पनीसँग सम्पर्क गराई सीप सिकेकाहरुलाई काममा पठाउने गरिएको निर्देशक लामटाङ्गेले बताए । सीप सिक्न आउने गरिब तथा विपन्न वर्गकालाई निःशुल्क रुपमा समेत अध्यापन गराइएको उनले बताए ।

पछिल्लो समय युवाहरु बीच कफि क्रेज बढ्दै गएको बताउँदै उनले दैनिक आउने ग्राहकको रोजाईमा हट कफीतर्फ क्यापाचिनो, एक्सप्रेसो, डोपियो लगायतका परिकार पर्ने गरेका छन् । यसैगरी कोल्ड कफीतर्फ आइस अमेरिक्यानो, आइस क्यापाचिनो तथा क्याफे मोका पर्ने गरेको उनले बताए । कफी हबमा करिब ५ दर्जन स्वादका कफी उपलब् हुने उनले बताए ।

हाल तिलोत्तमा नगरपालिकासँग सहकार्यगरी बेकरिज तथा वारिष्ठा तालिम सञ्चालन गरिरहेका उनले व्यवसायी प्रवर्द्धनका लागि आफ्नै प्रोडकाष्ट समेत सञ्चालनमा ल्याएका छन् ।

हरेक हप्ता फरक–फरक व्यक्तिका व्यवसायीक तथा संस्थागत गतिविधि र सफलताका कथा बारे अन्तरक्रिया गर्नेगरी प्रोडकाष्ट सञ्चालनमा ल्याएका हुन् । विगत ९ वर्षदेखि होटल म्यानेजमेन्ट विषयमा अध्यापन गराउँदै आएका उनले आफ्नै यूटुव च्यानल ‘कफी टक वीथ तिरास’ सञ्चालन गरेका छन् । यसको माध्यमबाट पर्यटन व्यवसायको क्षेत्रमा योगदान पुर्याउनेको उनको मुख्य लक्ष्य रहेको छ । व्यवसायलाई अन्यले भन्दा फरक तरिकाले सञ्चालन गर्नका लागि आफूले नयाँ–नयाँ उपायको खोजिमा लागिरहने उनि बताउँछन् ।

तिरासले भने ‘मेरो युटुप च्यानल सञ्चालनमा ल्याएको केही समयमै सस्क्राइवरको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित