‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि दश मिनेटका लागि बैठक स्थगित भएको हो ।

दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो । जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।

सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै दश मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित