रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बुटवल-१ का वडाध्यक्षको सिफारिसमा झुठा विवरण पेश गरी नागरिकता दिलाउने प्रयास असफल

बुटवल । बुटवलको वडा नं. १ बाट ३ जनालाई नागरिकताका लागि झुटो विवरण र सिफारिस गरेको पाइएको छ ।
वडा  न‍ १ का अध्यक्ष नरेन्द्र बस्नेतले बुटवल १ बस्ने ४३ बर्षिय रमेश कसौधन र ४२ बर्षिय सिता कसौधनका ३ जना छोराछोरी रहेको भन्दै नागरिकताका लागि झुटो विवरण सिफारिस गरेको पाइएको हो । तर अनुसन्धानका क्रममा रमेश र सिताबाट अहिले सम्म कुनै पनि सन्तान नजन्मिएको खुलेको छ ।
उनिहरुले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनि विवरण पेश गर्दै नागरिकता दिने प्रयास गरेका थिए ।
सिफारिस लगेर नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा पुगेका उनीहरुको सिफारिसमा झुठा विवरण पेश गरेको गोप्य सूचनाका आधारमा प्रशासनले उनीहरुलाई नियन्त्रणमा लिई थप बुझ्न ईलाका प्रहरी कार्यालय बुटवललाई अनुरोध गरेको थियो ।
त्यसपछि ईलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानका क्रममा उनीहरुले झुटो विवरण देखाएर वडा अध्यक्षबाट सिफारिस गरेको भेटिएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले नागरिकताका लागि सिफारिस गरेका वडा अध्यक्ष बस्नेत, छोरीहरुका बुवा भनिएका रमेश कसौधन र आमा भनिएकी सितालाई सोधपुज गरेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले कसौधनका ३ छोराछोरीहरुको विवरण बारे आवश्यक बुझ्न भनी प्रशासन बाट आएको अनुरोध अनुसार सोधपुज गरेर प्रशासनमै पठाएको उनले बताए । यस बारे उनले थप बताउन भने चाहेनन् ।
नागरिताका लागि सिफारिस गरिएका सरिता कसौधन, मनोज कसौधन र सन्ध्या कसौधन रमेश र सिता कसौधनका छोराछोरी नभएर रमेश कसौधनका दाजु राज कुमार कसौधन र सिता कसौधनका भएको अनुसन्धानबाट खुलेको हो ।
राज कुमार कसौधन र सिता कसौधनबाट ३ छोराछोरी भएपछि सिताले आफ्नै देवर (रमेश) संग विवहा गरेकी थिईन । ‘राजकुमार कसौधन रोजगारीका लागि भारत गएपछि सिताले रमेश संग विवहा गरिन । अहिले नागरिकता बनाउनका लागि सिफारिस लिन जाँदा ३ वटै सन्तान रमेश र सिताले आफ्ना हुन भनी झुटो विवरण पेश गरेको भेटिएको छ’ ईलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले भने ।
ज्ञवालीले प्रहरीको अनुसन्धानबाट पनि रमेश र सिताका छोराछोरी अहिले सम्म नभएको र सिफारिस गर्दा झुटो विवरण पेश भएको भेटिएको उनले बताए । यस बारे थप कारबाहीका लागि आफुहरुले जिल्ला प्रशासन कार्यालयमा पठाएको बताए । ‘राजकुमारले तीन सन्तान आफ्नो भएको र आफु रोजगारीका लागि भारत गएको अवस्थामा श्रीमतीले रमेश संग विहे गरेको भनेर प्रहरीमा पनि बयान दिएका छन् । त्यहि अनुसार हामीले कारबाहीका लागि सिफारिस गरेका हौ’ उनले भने ।
नगरिकताका लागि झुटो विवरण पेश गरेकाले उनीहरु माथी नागरिकता ऐन अनुसार कारबाहीका लागि सिफारिस गरिएको उनको भनाई छ ।
वडा अध्यक्ष बस्नेतले भने रमेश र सिताबाटै सन्तान जन्मेको तर जेठी सन्तानको विहे भएपनि अविवाहित भनि रमेशले वडामा झुटो विवरण दिएको बताए ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित