‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, आज पनि अवरोध गर्ने प्रतिपक्षीको तयारी

 दुई दिन लगातार अवरुद्ध भएको लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल एमाललेका सासंदहरुले अवरुद्ध गर्ने तयारी गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल गर्न असार १३ गते बोलाएको बैठक आधा घण्टा चलेर स्थगित भएको थियो । यस्तै असार १७ गतेको बैठक ५ मिनेटमै अवरुद्ध भएको थियो । विपक्षी दलसँग छलफल गरेर संसद चलाउने सत्तापक्षको कसरत छ । यता प्रमुख प्रतिपक्षी एमालेले भने लिखित प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएको छ ।

प्रतिपक्षी सांसदले प्रदेश निर्देशनालय खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने र बजेटमा भएको मनोमानी सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधका कारण लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित