‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीमा बजेटमाथिको छलफल आज, संशोधन गर्न विपक्षीको माग

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट माथिको छलफल आज हुँदैछ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बजेटमाथि धेरैको असन्तुष्टि बढेपछि असार १० गतेको बैठक स्थगित गरिएको थियो । त्यसपछि १३ गतेको लागि बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनको माग राख्दै बैठक अवरुद्ध पारेको थियो

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य लक्ष्यसहित बजेट आएको छ । सरकारले बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई साता बितिसक्दा समेत छलफल हुन सकेको छैन ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको र जनमानसमा सिङ्गो सङ्घीयताप्रति नै नकारात्मक धारणा उठिरहेका बेलामा झन् नकारात्मकता थप्ने गरी आएको बजेट नागरिकको चाहनाविपरीत रहेको एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरी बताउँछन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सरकारले मन्त्रालय मातहतमा रहेका निर्देशनालयहरू खारेज गर्ने निर्णयले खर्च कम हुने प्रदेश सरकारले दाबी गरे पनि एमालेले विरोध गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित