‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीको क्षेत्रीय सम्मेलनमा कांग्रेसका सत्तापक्ष र इतर समूहबीच हात हालाहाल

रूपन्देही । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा दुई समूहबीच हात हालाहाल भएको छ । विवाद बढेपछि प्रहरी परिचालन गरेर कार्यक्रम गरिएको छ । संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि दुवै समूहका नेताहरू आक्रोशित भएका थिए ।

बुटवलको एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका हुन् ।

संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेका थिए भने कार्यक्रममा कुर्ची तोड्ने प्रयास समेत गरेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घ बहादुर केसी (कुमार) ले विद्यार्थी नेताहरुले कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणको आडमा राजनीतिक अराजकता निम्त्याएको बताए ।

कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणवीच फोनमा भनाभन भएको थियो । परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए । पछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको थियो । पछिल्लो समय रुपन्देहीमा नेपाली कांग्रेसको संस्थापन पक्ष निरन्तर कमजोर हुँदै गए पनि संस्थापन पक्षले एकलौटी रुपमा मनोयन गरेर विवाद निम्ताएको सस्थापन इतरको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित