‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अनेरास्ववियु रुपन्देही जिल्ला संयोजकमा रमेश ढकाल

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही जिल्ला कमिटिको आज बसेको बिस्तारीत बैठकले अनेरास्ववियु जिल्ला संयोजकको जिम्मेबारी रमेश ढकालाई दिएको छ । बैठकले भदौ २३ गते जिल्ला अधिबेशन गर्ने गरि सयोजक जिम्मेबारी ढकाललाई दिएको उपाध्यक्ष भरत अर्यालले बताए ।
लुम्बीनी बाणिज्य क्याम्पस बाट अनेरास्वसवयुको राजनिति गदै आएका ढकाल अनेरास्ववियु लुम्बीनी बाणिज्य क्याम्पसको अध्यक्ष हँुदै अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, उपाध्यक्ष हुदै अहिले रुपन्देही जिल्लाको सयोजको जिम्मेबारी पाएका हुन । जिम्मेबारी बहन गदै ढकालले सगठनलाई थप प्रभावकारी र चलायमान गर्ने गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिब यज्ञ गैरे, उप सचिब चित्र बहादुर कार्की, बाबुराम पन्थी, राजेन्द्र ढकाल, अनेरास्ववियु स्थायी कमिटि सदस्य लेखनाथ खनाल, अनेरास्ववियु निर्बमान उपाध्यक्ष यम पाण्डे, सरोज पोखरेल, बालकृष्ण पाण्डे, साजन भण्डारी, सन्तोष पाठा मगर, शेषकान्त पोखरेल कृष्ण बस्याल, सिमा घिमिरे आकाक्षा भण्डारी दिपक चापागाई, प्रकास पराजुली लगायतले बैठकलाई सम्बोधन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित