तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाखकाे बजेट

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड एकतिस लाख,सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड तिस लाखको अनुमान गरिएको छ ।

यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार शर्सत अनुदान १ करोड ११ लाख ५० हजार,राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार,प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ ।

साथै,गत वर्षको अल्या बैँक मौज्दात ३ करोड,सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

आ.व २०७९÷०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।

नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ ।नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित