‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

निलम्बित डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी

व्यापारी संग घुस रकम लिएको आरोप लागेपछि निलम्बित भएका तत्कालिन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी भएको छ ।
डिएसपी केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा गृह मन्त्रालयले १४ पुस २०७९ मा निलम्बन गरेको थियो ।
निलम्बन भएको ६ महिनाभित्र मुद्दाको टुङ्गो लगाउनु पर्ने वा जागिरबाट निकाल्नु पर्ने कानूनी व्यवस्था भएका कारण केसीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको समाचार स्रोतले जनाएको छ ।
निलम्बित डिएसपी केसीलाई सचिव स्तरिय निर्णयबाट बर्खास्त गर्ने तयारी गरिएको हो ।
सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित