कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनी प्रदेश स्तरीय छात्र/छात्रा अन्तरमावि भलिबल हुँदै

बुटवल । लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्ररछात्रा भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यहि असार १३ गते देखि १७ गते सम्म बुटवल १० रामनगर स्थित कालिका मानवज्ञान विद्यालयका मैदानमा हुने प्रतियोगिताको तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा हुने प्रतियोगितामा २ दर्जन छात्र र डेढ दर्जन छात्राको समुहले भाग लिने भलिवल विभागका प्रमुख बुद्धि बस्यालले जानाकारी दिए ।

जननेता स्वर्गीय मदन भण्डीको जन्म जयन्ती तथा स्मृतीमा प्रत्येक वर्ष खेल गतिविधी सञ्चालन गर्दै आएको एकेडेमीले लुम्बिनीबाट सुरु भएको यो सिजनको अभियान समापनको सन्दर्भमा भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

‘शान्ती र समृद्धीका लागि खेलकूद’ भन्ने मूल नारासहित दिइएको प्रतियोगिताको एक कार्यक्रमका बीच पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा भलिबलमा विजेता समुहले ७० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेता समूहले ५० हजार, तृतीयले ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले १५ हजार नगद प्राप्त गर्ने आयोजकको भनाई छ ।

यसैगरी विधागत तर्फ वेष्ट प्लेयरका लागि ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति १ हजारका दरले नगद पुरस्कार रहेको उनले बताए ।प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब २ दर्जन छात्र तथा डेढ दर्जन बढी छात्रा तर्फको समूह सहभागी हुने भएका छन् । प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने पाउने प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख खर्च अनुमान गरिएको छ ।

सबैका लागि खेलकूद भन्ने मुख्य उद्देश्यका साथ २०६६ पुस १७ अर्थात जनवरी १ २०१० मा मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको हो। एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीदेखि खेलप्रेमीहरु आवद्ध भएको अध्यक्ष धुर्व आचार्यले बताए । एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरीरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित