लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रदेश स्तरीय छात्र/छात्रा अन्तरमावि भलिबल हुँदै

बुटवल । लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्ररछात्रा भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यहि असार १३ गते देखि १७ गते सम्म बुटवल १० रामनगर स्थित कालिका मानवज्ञान विद्यालयका मैदानमा हुने प्रतियोगिताको तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा हुने प्रतियोगितामा २ दर्जन छात्र र डेढ दर्जन छात्राको समुहले भाग लिने भलिवल विभागका प्रमुख बुद्धि बस्यालले जानाकारी दिए ।

जननेता स्वर्गीय मदन भण्डीको जन्म जयन्ती तथा स्मृतीमा प्रत्येक वर्ष खेल गतिविधी सञ्चालन गर्दै आएको एकेडेमीले लुम्बिनीबाट सुरु भएको यो सिजनको अभियान समापनको सन्दर्भमा भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

‘शान्ती र समृद्धीका लागि खेलकूद’ भन्ने मूल नारासहित दिइएको प्रतियोगिताको एक कार्यक्रमका बीच पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा भलिबलमा विजेता समुहले ७० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेता समूहले ५० हजार, तृतीयले ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले १५ हजार नगद प्राप्त गर्ने आयोजकको भनाई छ ।

यसैगरी विधागत तर्फ वेष्ट प्लेयरका लागि ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति १ हजारका दरले नगद पुरस्कार रहेको उनले बताए ।प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब २ दर्जन छात्र तथा डेढ दर्जन बढी छात्रा तर्फको समूह सहभागी हुने भएका छन् । प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने पाउने प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख खर्च अनुमान गरिएको छ ।

सबैका लागि खेलकूद भन्ने मुख्य उद्देश्यका साथ २०६६ पुस १७ अर्थात जनवरी १ २०१० मा मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको हो। एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीदेखि खेलप्रेमीहरु आवद्ध भएको अध्यक्ष धुर्व आचार्यले बताए । एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरीरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित