हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

नरपानी: चिसो हावापानी र पर्यटक लोभ्याउने डाँडा

  • मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन।
  • अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क-६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन। यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन्।

    पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोजस्थलको रूपमा विकसित हुँदै गएको छ। गर्मीको समय पनि सर्वसाधारण यहाँ आउने गरेका छन्।

    सन्धिखर्क-६ नरपानीका पूर्ववडाध्यक्ष कृष्ण आचार्य कोभिड महामारीका कारण केही समय आवत जावत बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बताउँछन्।

    सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज खाने गर्दछन्। यहाँ वरिपरि हरियाली छ। बीचमा समथर भूभाग छ।

    सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ।

    दैनिक झण्डै ३ हजार व्यक्तिले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीको भनाइ छ। मासिक रूपमा लाखौँ भेटी उठने गर्छ। सन्धिखर्क-७ खाँचीकोटस्थित सुपा देउराली मन्दिरमा उठेको भेटीबाट २ विद्यालय सञ्चालनका साथै विकास निर्माणका काम भइरहेका छन्।

    मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क-७ स्थित आदर्श माध्यमिक विद्यालय खाँचीकोट, शीतगंगा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ।

    सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा मासिक ७० हजार, शीतगंगा-२ को शान्ति आधारभूत विद्यालयमा ६२ हजार ५ सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार ६ सय खर्च हुने गरेको सुपादेउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालको भनाइ छ।

    भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उनले जानकारी दिनुभयो। भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार/चारकोठे भवन पनि निर्माण गरिएको छ।

    मन्दिरको भेटीबाट निजी स्रोतका शिक्षक राखेर विद्यालयको पठनपाठनमा सहयोग पुगेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए।

    सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट पर्याप्त आम्दानी लिन सकिन्छ। सुपाको पूर्व रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्नसके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने थापाको भनाइ छ। सुपा देउराली पर्यटकीय गन्तव्य बनिसकेको छ।

    सन्धिखर्क गोरुसिंगे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्त्व बढ्दो छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित