पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते उफ् गर्मी ! रुपन्देहीको गुरौलीबाट अनुमति बिनै नदीजन्य पदार्थ उत्खनन् ३० लाखको लगानीमा तिलोत्तमामा क्रिकेट खेलाडीको सम्मानमा बन्यो आइटी पार्क (तस्वीरहरु) दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा                
समाचार :

स्वर्गद्वारीमा कार दुर्घटना : ८ मृतकमध्ये ७ को सनाखत [अपडेट]

स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।

दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका ५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा शाह र उनका छोरा ९ वर्षीय आदित्य शाहको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको सनाखत हुन बाँकी छ । दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।

कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए । उपल्लो घुम्तीबाट कार अर्काे घुम्तीमा खसेको थियो । गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो । जिप चालक दाङ लमही–५ का टंकबहादुर कुमाल रहेको प्रहरीले पुष्टि गरेको छ । अन्यको सनाखत हुँदै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार