मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आयो : प्रचण्ड

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।

लुम्बिनी केवलकारको आज उद्घाटन कार्यकममा बोल्दै उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको र उनिहरुको साथबाट अघि बढ्न चाहेको बताए।

‘कोरोना महामारीको कारण थला परेको देशको अर्थतन्त्र चलायमान गराउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरि र देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरि निजी क्षेत्रका साथीहरुकै सुझावलाई पनि हाल जारी भएको बजेटमा समेटिएको छ।’

उनले​​​​​​​ उत्पादन र रोजगारी सृजना गर्ने क्षेत्रमा आफ्नो प्रगति उत्साहजनक नरहेको समेत उल्लेख गरे।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित