संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा

वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार हनन गरेको जनाएको छ। सिजीले तत्काल यशोदा फुड्सलाई कारवाहीको माग गरेको छ।

‘वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो। चार दशकदेखि ग्राहकको पहिलो रोजाईमा रहँदै आएको छ। यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यापर प्रयोग गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो।’

करेन्टले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्सले मुद्दा दायर गरिसकेको जनाएको छ।

पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममादर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न नहुने प्रावधान रहेको छ। उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरिएको अवस्थामा ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवाना र सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ।

गत वर्ष नै दायर गरिएको मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको जनाइएको खवर विजमाण्डुले प्रकाशित गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार