तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा

वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार हनन गरेको जनाएको छ। सिजीले तत्काल यशोदा फुड्सलाई कारवाहीको माग गरेको छ।

‘वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो। चार दशकदेखि ग्राहकको पहिलो रोजाईमा रहँदै आएको छ। यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यापर प्रयोग गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो।’

करेन्टले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्सले मुद्दा दायर गरिसकेको जनाएको छ।

पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममादर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न नहुने प्रावधान रहेको छ। उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरिएको अवस्थामा ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवाना र सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ।

गत वर्ष नै दायर गरिएको मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको जनाइएको खवर विजमाण्डुले प्रकाशित गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित