‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अखण्ड भारतको नक्शामा नेपालको भूभाग समेटिएको जानकारी छैन: परराष्ट्र मन्त्री साउद 

भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन्। उक्त भित्तेचित्रलाई लिएर देशभर विरोध भइरहँदा परराष्ट्र मन्त्री एनपी साउदले भने नेपाल सरकारलाई यसबारे जानकारी नै नभएको बताएका छन्।

भारतीय सञ्चारमाध्यम आजतककी पत्रकारले ‘नेपालको भूभाग पनि समेटिएको अखण्ड भारतको भित्तेचित्र भारतीय संसद् भवनमा राखिएको छ। अखण्ड भारतले नेपालको सार्वभौमसत्तालाई हनन गर्ने भन्दै विरोध पनि भइरहेको छ। यसबारे थुप्रै नेताले नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग यो मुद्दा उठाउनुपर्ने भनेका थिए। के यो मुद्दा उठ्यो? उठेन भने पनि यसमा नेपालको धारणा के छ’ भनेर प्रश्न गरेकी थिइन्।

जवाफमा मन्त्री साउदले भित्तेचित्रबारे आफू (सरकार)लाई थाहा नभएको बताए। “हेर्नुस्, यो मुराल (भित्तेचित्र)को कुरा हामीलाई जानकारी छैन। र, जुन कुरा हाम्रो जानकारीमा छैन, त्यसबारे भारतले नै आफ्नातर्फबाट बोल्छ,” उनले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित