अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

सिद्धार्थनगर एमालेमा पहिरो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सचिव नारायणप्रसाद भण्डारीसहित उनीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरे ।

राजीनामा दिनेमा नगर कमिटीका सदस्य, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यलगायत रहेका छन् ।


पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेतारकार्यकर्ताहरुले झन्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझावपत्र पेस गरिएको बताए । उनले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एक ढिक्का पार्दै अगाडि लैजानका लागि ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारका लागि सुझावपत्र पेस गरिएको जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार