अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते लुम्बिनी प्रादेशिक अस्पताल: ६ अर्ब लागतमा अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना (तस्विरहरु) आजको मौसमः तीन प्रदेशमा मेघगर्जन सहित बर्षा हुने सिँचाइ सुविधाले हराभरा बन्दै गेखुङ फाँटका खेत                
समाचार :

इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ

बालकृष्ण खाणले अदालतमा गरेको सवालजवाफ यस्तो छ ।

सवालः तपाईको बाबुआमाको नाम, तपाईंको विवरण, स्थायी ठेगाना कहाँ हो ? कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छ ?

जवाफः मेरो बुबाको नाम नोईन्द्र बहादुर खाण, आमाको नाम टोपकुमारी खाण र मेरो नाम बालकृष्ण खाण हो । मेरो उमेर ६२ वर्ष । स्थायी ठेगाना लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ८ भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका बडा नं. ७ चावहिलमा बस्दछु । मेरो मोबाइल नं. ९८५१०२३५९९ हो । कृषि र समाजसेवा मेरो पेशाव्यवसाय हो ।

सवालः आज अदालतमा किन आउनु भएको हो ?

जवाफः– गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म समेत भएको ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध मुद्दामा अभियोग पत्रसाथ बयानको लागि उपस्थित भएको हूँ ।

सवालः– तपाईलाई तपाई उपर लागेको अभियोग सुनाइन्छ सो अभियोग उपर बयान दिन कर छैन, तपाईले दिएको बयान तपाईंको विरुद्धमा प्रमाण लाग्न सक्छ तपाई बयान दिन तयार हुनुहुन्छ ?

जवाफः म बयान दिन तयार छु । मेरो बयान गरी पाउँ ।

सवालः– तपाईले यो भन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ छैन ?

जवाफः– मैले यसभन्दा अगाडि कुनै पनि फौजदारी कसुरमा सजाय पाएको छैन । हाल कुनै पनि विचाराधीन अवस्थामासमेत छैन ।

सवाल– तपाइको शारीरिक तथा नागरिक समस्या छ ? प्रत्रको जवाफ दिन सक्नु हुन्छ तपाईले कानून व्यवसायी राख्नुभएको छ ?

जवाफः युरिक एसिड, प्रेसर र कोलस्ट्रोलको औषधी नियमित रुपमा गरिरहेको छु । आँखा सम्बन्धी समस्या छ । मलाई सोधिएका प्रश्नको जबाफ दिन तयार छु । कानुन व्यवसायी नियुक्त गरेको छु ।

सवालः– प्रतिवादीहरुमध्ये क–कसलाई चिन्नुहुन्छ र निजहरुसँग लेनदेन, रिसइबी झगडा छ छैन ?

जवाफः– प्रतिवादीहरूमध्ये म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र के.सी… शमशेर मियाँ र आइटावा शेर्पालाई चिन्दछु । टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकोले, टेकनारायण पाण्डे सचिव भएकोले, नरेन्द्र के.सी. मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारणले र आइटावा नेपाली कांग्रेसको नेता भएको कारणले चिन्छु । चिनेका प्रतिवादीहरु मध्ये कसैसँग लेनदेन रिसइबी छैन अरु प्रतिवादीहरुलाई म चिन्दिन । नचिनेका प्रतिवादीहरुसँग रिसइबी र झैझगडा हुने कुरा भएन ।

सवालः– जाहेर गरेकाहरुले तपाईसमेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका पठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भन्ने व्यहोराहरु उल्लेख गरी जाहेरी दिएका छन्, सो सम्बन्धमा तपाईलाई के थाहा छ को–को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसूर गर्नुभएको हो ?

जवाफः– गजेन्द्र बुढाथोकी समेतका कुनै पनि जाहेरबालाहरुलाई म चिन्दिन । मैले चिन्दै

नचिनेका र कुनै सम्पर्क नै नभएका व्यक्तिहरुसँग कारोबार गरेको भन्ने जाहेरी व्यहोरा झुट्टा हो । सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन । म माथि लगाइएको उक्त आरोप नियोजित र कपोलकल्पित छ ।

सवालः– तपाईलाई सह–प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र के.सी., आइटावा शेर्पा, टेकनारायण पाण्डे र टेकनाथ रिजाल समेतका प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा थप बयानसमेत पढिजाँंची सुनाइन्छ निजहरुले गरेको उक्त भनाइका विषयमा के हो वास्तविकता ?

जवाफः प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाए बमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो । कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो । टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान व्यहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रतिवादी नरेन्द्र के.सी.ले अनुसन्धानको विषयमा किन लेखिएको हो मलाई कुनै जानकारी भएन । प्रतिवादीको व्यहोरा सम्बन्धि मलाई कुनै जानकारी छैन ।

सवालः– प्रतिवादी आङटावा शेर्पाले गर्नुभएको कागज व्यहोरा सम्बन्धमा तपाईको भनाइ के हो ?

जवाफः प्रतिवादी आङटावा शेर्पाले लेखाउनुभएको कागज व्यहोरा सुनि पाएँ । सो सम्बन्धमा आइटावा शेर्पासँग मेरो कुनै कुरा पनि भएको छैन र बयान बदल्न पनि लगाएको छैन । मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र के.सी.मार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुट्टा हो । उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लेखाउनु भयो सो सम्बन्धमा जानकारी भएन ।

सवालः तपाईले अधिकार प्राप्त अधिकारी समक्ष गर्नुभएको सबै बयानहरु व्यहोरा पढीबाँची सुनाइन्छ सो बयानहरुको व्यहोरा तपाईको हो वा होइन र उक्त बयानहरुमा भएका सहीछापहरू तपाईका हुन् वा होइनन् ?

जवाफः– मैले अनुसन्धान अधिकारीसमक्ष गरेको भनिएको बयान व्यहोरा (नेपाली कागजमा) देखाइएको साँचो हो त्यसमा भएको सहीछापसमेत मेरो हो ।

सवालः–अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणी पाठक र फणिन्द्रमणि पोखरेल समेतका व्यक्तिहरुले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा सुनाइन्छ निजहरूको भनाई हो के ?

जवाफः– बुझिएका व्यक्तिहरु फणिन्द्रमणि पोखरेलको कागज सम्बन्धमा मलाई कुनै जानकारी भएन ।
सवालः– प्रतिवादी नरेन्द्र के.सी.को अदालत समक्ष भएको बयानको सम्बन्धमा तपाईको भनाई के छ ?
जवाफ – उक्त कागजहरु कसले कसलाई सम्बोधन गरी लेखेका हुन् त्यसको प्रयोजन के हो ? मलाई थाहा भएन । –

सवालः– मिसिल संलग्न रहेको गृहमन्त्रालयको च.नं. ८४० मिति २०६०।०१।२६ को पत्रसाथ प्राप्त भएको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यसको प्रतिवेदन र गृहमन्त्रालयको ८४३ मिति २०८० २०५।२६ का पत्रसाथ प्राप्त प्रतिवेदनलाई तपाईलाई देखाइन्छ, दुई प्रतिवेदन एकै व्यहोराका हुन् हुन् वा फरक हुन् ?

जवाफः–गृहमन्त्रालयबाट एउटै मितिमा फरक–फरक चलानीमा प्राप्त भएको उक्त प्रतिवेदनहरु हेरी पाएँ । प्रतिवेदनको सत्वन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्न सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो । उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः– तपाईलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ जाहेरी सम्बन्धमा तपाईको भनाई के छ ?

जवाफः प्रेमराज पन्थीलाई म चिन्दिन, केशव दुलाललाई समेत म चिन्दिन । उनीहरुको बीचमा के कस्तो कुराकानी र लेनदेनको कुरा हुन्थ्यो सो कुरा मलाई जानकारी हुने विषय नै भएन । यसमा म संलग्न छैन । सो जाहेरी दरखास्त सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः– अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले मिति २०५०।०१।२४ सागरेको काज सुनाइन्छ के कसो ? दाहालले गरेको कागज व्यहोरा के हो ?
जवाफः अनुसन्धानका क्रममा नासु सुरेन्द्रराज दाहालले गरेको कागज व्यहोरा सुनि पाएँ । दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनु पनि भनेको छैन । कर्मचारी कर्मचारी संख्या सम्बन्धमा नेपालसरकार गृहमन्त्रालयको स्पष्ट नीति छ । विभागीय प्रमुख, प्रथम श्रेणीका अधिकृतहरु र प्रमुख जिल्ला अधिकारीहरुको सरुवा मन्त्रीस्तरबाट हुन्छ । तत् मातहत कर्मचारीहरुको सरुवा विभिन्न तहहरुबाट हुन्छ । तसर्थ ना.सु. सुरेन्द्रराज दाहालको सरुवा मैले गरे गराएको होइन । उनको रमाना पदस्थापनका लागि पनि कुनै अधिकृतलाई भनेको छैन ।

सवालः– गृहमन्त्रालयको च.नं.८४३ मिति २०८०।०५।२६को पत्रसाथ प्राप्त प्रतिवेदनमा प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ १३ को क.नं. (क.अ.) नं. १४ को ग नं.को दोस्रो पाराग्राफको पृष्ठ १६ को ३.६.३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं. १८ को अन्तमा निष्कर्ष व्यहोरा फेरबदल भएको प्रतिवेदन गृहमन्त्रालयको चनं ८४५ मिति २०८० ्र ०१ । २६को पत्रसाथ प्राप्त भएको देखिन्छ । ती दुई प्रतिवेदहरू मध्ये कुन प्रतिवेदन आधिकारिक हो ?
जवाफः– प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो जिम्मेवारी हो । परिवर्तन सम्बन्धमा मलाई थाहा हुने कुरा भएन ।

सवाल– तपाईको मोवाइल परीक्षणबाट उक्त मोबाइल फर्म्याट  भएको भन्ने देखिन्छ । तपाईले प्रस्तुत मुद्दासँग प्रमाण लाग्ने तथ्यहरु मोबाइलबाट हटाउनको लागि मोबाइल फर्म्याट गर्नुभएको त होइन ? के कसो हो ?

जवाफः यस सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रमाण मेटाउने कुनै कार्य गरेको छैन ।

सवालः काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. ७ मैजुबहालमा रहेको श्यामजंग सिजापतीको घरमा भाडामा बस्ने बालकृष्ण खाँडको कोठा खानतलासी गर्दा कोठामा खैरो रंगको नोटबुक भाग–१, कालो रंगको डायरी थान–३, क्ष्उबम थान– २, सम्पत्ति विवरण फारम पाना–३८ च्यातिएर ३ टुक्रा पारिएको कागज जोड्दा नरेन्द्र जी समेत लेखिएको भनी लेखिएको कागज टुका पारिएको कागज फेला परेको भन्ने समेत व्यहोराको बरामदी खानतलासी मुचुल्का मिसिल सामेल रहेको देखिन्छ, के कसो हो ?

जवाफः– खैरो रंगको नोटबुक थान–१ कालो रंगको डायरी गान–३, क्ष्उबम थान–२, सम्पत्ति विवरण फारम पाना–३८. वरामद भएको साँचो हो । च्यातिएको कागज टुका सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः– तपाईलाई हिरासतबाट टेकनारायण पाण्डेले तपाईले पीडितलाई रकम फिर्ता गर्नुपर्ने र प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनु भएको भन्ने व्यहोराको लिखत मिसिलसमेत रहेको देखिन्छ ? के हो ?

जवाफः यस बारेमा मैले कसैलाई केही भनेको छैन ।

सवालः तपाई उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्र्तगतको कसुरमा र सोही संहिताको दफा २४९ का उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४को ५९ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुरमा दोही संहिताको दफा ५ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा(१)(२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (१) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४२ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग मागदावी लिएको र जाहेरवालाको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकम समेत तपाई समेतबाट दिलाई भराई दिन समेतको अभियोग मागदाबी लिएको अभियोग छ ।

जवाफ– मैले र उपर दायर भएका अभियोग मागदाबी सुनी पाएँ । म विरुद्ध लगाइएका सबै अभियोग मागदाबीहरु कपोलकल्पित र झुट्टा हुन् । मेरो राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचिएको षड्यन्त्र हो । माथि अभियोगमा दाबी लिएको कुनै पनि कसुरमा मेरो कहीकतै संलग्नता छैन । यी कसुरहरु गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्याधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्य विरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ । यो सरासर स्वच्छ सुनुवाई र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो । मलाई फसाउने उद्देश्यते यी सबै झुट्टा आरोप र मुद्दाहरु लगाइएका हुन् । त्यस सम्बन्धमा मैले न्यायमूर्तिसंग न्यायको याचना गर्दछु । उच्च कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाई पाउँ ।

सवालः– तपाईको परिवारमा कति सदस्य हुनुहुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाईदिनुहोस् ।

जवाफः मेरो परिवारमा म, श्रीमती, छोराछोरी र मेरो आमा गरी पाँच जनाको सदस्य छौं । बुटवलमा एउटा घर छ सो घरबाट घरभाडा आउँछ जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ । काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरुबाट हाम्रो जीवन सहजसँग चलेको छ ।

सवालः– तपाईको साझी प्रमाण केही छ की खुलाईदिनुहोस् ।

जवाफः मेरो निम्न साक्षीप्रमाण बुझी पाउँ ।
क) चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ६१ को दीर्घमान श्रेष्ठ
(ख) काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. ३० बस्ने अन्दाजी वर्ष ५९ को राधा घले
(ग) दोलखा जिल्ला, भिमेश्वर नगरपालिका बडा नं. २ बस्ने अन्दाजी वर्ष ४६ को अनुप प्रधान..

सवालः तपाईको भन्नुपर्ने केही बाँकी छ ?

जवाफः म पहाड स्याङजामा जन्मिएको र मधेशको रुपन्देहीमा हुर्किएको नागरिक हुँ । विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिवद्ध प्रान्त र जनाधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागि गरेको व्यक्ति हुँ । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता राष्ट्रहित र राज्य विरुद्ध सोध्न पनि सक्दिन, म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनता प्रतिको समर्पण र प्रजातन्त्रप्रतिको प्रतिवद्धताले उठेको मान्छे हुँ । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुणदलको केन्द्रीय सभापतिको जिम्मेवारी सम्हालेको हुँ ।
म २०४८ सालमा प्रतिनिधि सभाको सदस्य, २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाले मौका पाएँ । मैले चौथोपटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको विभिन्न कारण नियमित सेवन गरिरहे पनि राज्यवाट उपचार खर्चसमेत लिएको छैन । म धार्मिक प्रवृतिको व्यक्ति हुँ । जतनालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्ने बारे सोच्न पनि सक्दिन ।

सवाल – माथि लेखिएका सबै व्यहोरा ठिकसाँचो छन् ।
जवाफः माथि लेखिएका सबै व्यहोरा मैले भने बमोजिम लेखिएको छ । ठीक साँचो छ । प्रतिवादी बालकृष्ण खाण ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार