‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालनमा आउने भएपछि हवाई सेवाका लागि ‘डाइभर्ट डेस्टिनेसन’को विकल्प आएको छ।

अब भारतहुँदै भैरहवा आउने जहाज ८५० मिटर भिजिबिलिटीमै अवतरण हुन सक्नेछन्। भैरहवा र भारतका विभिन्न सहरमा दुईतर्फी उडान सञ्चालन गर्न सहज हुने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी जहाजमार्फत नियमित व्यवसायिक उडान गर्दै आएका फ्लाई दुवई, मालिन्दो, सलाम, हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम लगायतले अब मौसमी प्रतिकुल भए भारत, बंगलादेश जान नपर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न मौसमी प्रतिकूलता हुँदा लामो समय होल्डमा बसेर जहाज भारत र बंगलादेशतर्फ डाइभर्ट हुँदै आएका थिए। अब वायुसेवा कम्पनीहरुका लागि भैरहवा नै उचित विकल्प रहने विमानस्थल प्रमुख हंसराज पाण्डेले बताए।

‘अन्तर्राष्ट्रिय उडान गर्दा निश्चित विमानस्थल विकल्पमा भैरहवा पनि थियो। अब आइएलएस प्रविधि संचालनमा आउने भएपछि डाइभर्टका लागि थप सहज हुने देखिएको छ,’ प्रमुख पाण्डेले भने,’उडान दुरीको हिसाबले भैरहवा नै उपयुक्त देखिएको छ।’

विमानस्थलमा आरएनपी (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स) प्रणाली जडान भएका जहाजका लागि सहजै उडान-अवतरण गर्न सक्छन्। अब आरएनपी प्रणाली जडान नभएका जहाजलाई आइएलएस प्रविधिले सहज बनाउने उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित