‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अनेरास्ववियु रुपन्देहीले प्रचण्ड र राष्ट्रपति पौडेलको पुत्ला जलायो

बुटवल  बुटवलमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका छन्।

राष्ट्रपतिले बिवादास्पद नागरिकता बिद्येयक प्रमाणित गरेर मुलुकलाई सिक्कीमीकरणको बाटोमा लगेको भन्दैबिरोधमा उत्रेका उनीहरुले अहिले सांझ प्रधानमन्त्री राष्ट्रपतिको पुत्लादहन गरेका हुन्।

अनेरास्ववियुका रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले प्रधानमन्त्रीको दवावमा मृत अवस्थामा रहेको बिवादास्पदनागरिकता बिद्येयक जगाएर राष्ट्रपतिले प्रमाणिकरण गरेकोले त्यसको बिरोधमा पुत्ला दहन गरेको बताए।

बुटवल बहुमुखी क्याम्पसबाट प्रधानमन्त्री राष्ट्रपतिको पुत्लासहित    निस्केको बिद्यार्थीहरुको जुलुसलाई लक्ष्मिनगरप्रवेशद्धार आई पुगेपछि प्रहरीले रोकेको थियो।

प्रहरीले जुलुसलाई रोकेपछि बिद्यार्थी प्रहरीका बिच केही बेर धकेलाधकेल पुत्ला खोसाखोस भएको थियो।

जुलुस प्रदर्शनमा पार्टी जिल्ला सदस्य तथा अनेरास्ववियु पुर्व नेता सरोज पोखरेल , अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यसाजन भण्डारी  , अनेरास्ववियु केन्द्रिय लेखा आयोग सदस्य  दिपक चापागाईं , अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्षरमेश ढकाल , अनेरास्ववियु जिल्ला कमिटी सचीव रमेश ढकाल , लुम्बिनी बाणिज्य क्याम्पस , स्ववियु सभापतिबिजय कार्की , भैरहवा बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष सागर न्यौपाने , गुन बहादुर श्रेष्ठ , योगेन्द्र रायमाझी लगाएकोउपस्थिति रहेको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित