रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ ।

यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए । यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार