बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर गर्मीमा ‘लू’ बाट कसरी बच्ने ? समृद्धी सलोन एण्ड एकेडेमी द्वारा सम्मान तथा दिक्षित घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)                
समाचार :

कर्मचारी संगठनले भन्यो–तिलोत्तमाका स्वास्थ्यकर्मीको तलव तत्काल उपलव्ध गराउ

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै यथाशीघ्र समस्या संबोधन गर्न माग गरेको छ ।

संगठनले एक विज्ञप्ती जारी गर्दै भोको पेटले काम र्ग नसक्ने भन्दै लामो समयदेखिको तलव तत्काल उपलव्ध गराउन ध्यानाकर्षण गराएको हो । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा स्थायी सरकारको रुपमा अहोरात्र सेवा प्रवाहमा खटिने राष्ट्रसेवक कर्मचारीहरुको गुनासो तत्काल संबोधन गर्न माग गरिएको हो ।

एउटै कार्यक्षेत्रमा काम गरिरहेका कर्मचारीलाई समान व्यवहार नगरी पारिश्रमिक रोक्नु अमानवीय र गैरन्यायिक हुने भएकाले कर्मचारीलाई समान व्यवहार गर्न, आन्दोलनमा जानबाट रोक्न स्थायी समाधानका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइएको छ । संगठनले स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति ऐक्यवद्धता समेत जनाएको छ । नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुबाट हुने थप आन्दोलन र विरोधका कार्यक्रमप्रति संगठनको सधै साथ र सहयोग हुने भन्दै विज्ञप्तीमा यसबाट पर्न जाने असरको जिम्मेवार सम्बन्धित पक्ष नै हुने उल्लेख गरिएको छ ।

 

तिलोत्तमा नगरपालिकाका ७७ जना स्थायी स्वास्थ्यकर्मीहरुले तलव खान पाएनन्

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार