


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन आह्वान भएको जनाइएको छ । नेपालको संबिधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनका १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी)मा माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको छ । विज्ञप्तिमा लेखिएको छ ।