लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अबर ८० करोड विनियोजन लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी                
समाचार :

रोयल एजुकेशनल द्वारा वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित वर्कशप गर्दै

उच्च शिक्षा अध्ययनको लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरेर बुटवलमा एक दिने वर्कशपको तयारी गरिएको छ ।
विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युके र इण्डिया ६ देशमा जान चाहेका विद्यार्थीलाई लक्षित गरेर व्रिटिस काउन्सिल अन्तरगतको रोयल एजुकेशनल फाउण्डेशनले यहि जेठको १३ गते शनिबार वर्कशप गर्न लागेको हो ।
जसमा आईएलटिएस र पिटिईको बारेमा जानकारी गराउनको लागि व्रिटिस काउन्सील, पिएसएन, ईक्यान तथा रोयल एजुकेशनल फाउण्डेशनका प्रतिनीधिहरु आउने रोयल एजुकेशनल फाउण्डेशन बुटवलका सञ्चालक कृष्णहरी पाण्डेले जानकारी दिए ।
रोयल एजुकेशन फाउण्डेशनले एक वर्षदेखि बुटवलबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र भारत अध्ययनमा जान चाहनेहरुका लागि सेवा दिदै आएको छ भने काठमाण्डौमा सन् २००३ देखि काम गर्दै आएको थियो । त्यसबाहेक इटहरीबाट पनि काम गर्दै आएको जनाएको छ ।
रुपन्देहीका विभिन्न विद्यालयका प्लस टु दिएर बसेका ३ सय विद्यार्थी वर्कसपमा सहभागी हुने उनले जानकारी गराए । आईएलटिएस र पिटिईका बारेमा कसरी पढ्ने, कहाँ पढ्ने र उत्कृष्ट नतिजा ल्याउने उपायका बारेमा विषय विज्ञहरुबाट सहजीकरण गरिछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार