मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?

मुख्यमन्त्री चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक-एक जना मन्त्री बनेका हुन्।

नवनियुक्त मन्त्रीमा कांग्रेसबाट दाङका राजु खनाल, जसपाबाट बाँकेका भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देहीका चन्द्रकेश गुप्ता छन्। खनाललाई स्वास्थ्य, अहिरलाई कृषि तथा भूमि व्यवस्था र गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

गत मंसीर ४ गते भएको प्रदेश सभा निर्वाचनमा खनाल दाङ २ ‘क’ बाट, अहिर बाँके २ ‘क’ बाट र गुप्ता रुपन्देही ५ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

त्यस्तै, विना विभागीय रहेका मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छ। नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीलाई आर्थिक मामिला, नागरिक उन्मुक्ति पार्टीका धर्महादुर चौधरीलाई भौतिक पूर्वाधार विकास र लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डेयलाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले पहिलो चरणमा वैशाख १५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। आज थपिएका तीन मन्त्रीसँगै लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

माओवादीको भागमा परेका मन्त्री नियुक्त हुन बाँकी छ। माओवादीले नाम टुंगो लगाउन बाँकी भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ।

माओवादीको भागमा तीन मन्त्रालय परेका छन्। मास्की आर्थिक मामिला मन्त्री बनेका छन्। अब दुई मन्त्री कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको माओवादीको नेता एवं पूर्व मन्त्री इन्द्रजित थारुले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित