दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दी भन्दा बढी जग्गा राखेको ठहर

  • जफत गर्ने प्रक्रिया समेत अघि बढ्यो
  • मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।
    उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक प्रतिनिधी सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे ।
    उजुरी परेको र छानविन गर्दा ११ विगाहा राख्न पाउनुपर्नेमा १३ विगाहा राखेको भेटिएको भन्दै उनले अन्य ठाउंमा पनि जग्गा छ कि भनेर सम्बन्धित निकायबाट खोजविन भइरहेको बताए ।
    थप जग्गा भेटिए त्यो पनि जग्गा सरकारले जफत गर्ने उनको भनाई छ । भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिए बढेको हदसम्मको जग्गा सरकारले जफत गर्न पाउंछ । त्यसरी जफत गर्दा सम्बन्धित जग्गाधनीले आफूले राख्ने जग्गा रोज्न पाउने उनले बताए ।
    प्रारम्भिक रुपमा नै कैफियत भेटिएपछि जग्गा रोक्का राखेर थप छानविन भइरहेको उनको भनाई छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित