बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते उफ् गर्मी ! रुपन्देहीको गुरौलीबाट अनुमति बिनै नदीजन्य पदार्थ उत्खनन् ३० लाखको लगानीमा तिलोत्तमामा क्रिकेट खेलाडीको सम्मानमा बन्यो आइटी पार्क (तस्वीरहरु) दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा राजश्व सम्बन्धि अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु                
समाचार :

युवा संघ रुपन्देही द्वारा बुटबलको ट्राफिक चोकमा निःशुल्क खानेपानी बितरण

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले ३४ औ स्थापना दिवसको अबसरमा बुटबलको ट्राफिक चोकमा निःशुल्क खानेपानी बितरण गरेको छ ।
खानेपानी बितरण कार्यक्रमा बोल्दै राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले संगठनले स्थापना दिबसको अबसरमा बिभिन्न खालका साप्ताहिक कार्यक्रमहरु गदै आएको जानकारी गराए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य कृष्ण पोखरेलले युवाहरुले राजनीति मात्र नभएर सामाजिक काममा पनि सक्रिय छन् भन्ने उद्धेश्यले बिभिन्न खालका साप्ताहिक कार्यक्रमहरु गरेकोमा धन्यबाद व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष किसन ज्ञावाली, नगर कमिटि सदस्य मेघराज भट्टराई,राष्ट्रिय युवा संघ, नेपाल लुम्बीनि प्रदेश सदस्य कृष्णबहादुर कुमाल, राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला अध्यक्ष बिकास बस्नेत, युवा सघका पूर्ब केन्दीय सदस्य राजु गुरुङ, युवा सघ रुपन्देही जिल्ला उपाध्यक्ष दिपक खड्गी ,खेलकुंद महासंघ बुटबल उपमहानगरपालिका अध्यक्ष त्रिभुवन पाण्डे, गणेश बोहारा लगायतले मन्तब्य राख्दै गर्मीको समयमा युवा संघले निःशुल्क रुपमा पानी बितरणा गरि सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरे । कार्यक्रम युवा सघ, नेपाल बुटबल उपमहानगरपालिका बडा न ६ का अध्यक्ष अमृत भण्डारीको अध्यक्षयता र सचिब अमित गुरुङको सन्चालनमा कार्यक्रम भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार