लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमाको ६ लेन सडक रंगिबिरंगी फूलले ढकमक्क (फोटो फिचर)

उत्तर-दक्षिण सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको ६ लेन सडक अहिले ढकमक्क फूलले रंगीबिरंगी बनेको छ । रंगीबिरंगी फूल र त्यसको सौन्दर्यले राजमार्ग आसपासका बासिन्दा खुसी छन् ।

तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा विभिन्न प्रकारका फूल र बिरूवा लगाएको थियो । अहिले त्यी फूल ढकमक्क फूलेका छन् । फूलले सडक नै रंगीबिरंगी बनेको छ । दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रातपरेपछि थरीथरीका बत्ती बलेर झिलिमिली बन्छ ।

जाली लगाएर घेरिएको डिभाइडर र कंक्रिटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाह्रमास हरियाली र मनमोहक बनाउँछन् । मुख्य डिभाइडरमा लगाएका बेगनबेली फूल फुल्दा यात्रा गर्ने जो कोहीको मन लोभ्याउछ ।

‘गोडमेल गर्ने, सरसफाइ गर्ने र दैनिक पानी हालिरहेका छौं त्यसले गर्दा हरियाली भएको छ,’ तिलोत्तमा नगरपालिका रुपन्देहीकी जगेश्वरी चौधरी भन्छिन्, ‘साथै सौन्दर्यका लागि हामीले सडकलाई झिलिमिली बनाएका छौं ।’

साँझमा यात्रा गर्दा राम्रो देखिने र उज्यालो पनि देखिने भएको हुँदा यसले सवारीसाधान दुर्घटनामा कमी ल्याएको उनले जानकारी दिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित