तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलका व्यवसायी चोपनारायण श्रेष्ठको ट्यांकर र चालकलाई तस्करी आरोपमा कारवाही

बुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक  नेपाल आयल निगमको कारवाहीमा परेको छ ।

बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको चालक पेट्रोल ल्याएर तस्करी गरेर ल्याएको भन्दै वैशाख ८ गते पक्राउ परेका थिए ।

२० किलो लिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको आइतबार निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते इन्धन तस्करी भएको पुष्टिपछि पेट्रोलियम पदार्थको ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधनसहित) गरी कारबाही गरिएको निगमले जनाएको छ ।

‘चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैंका लागि बन्देज लगाउने निर्णय गरिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्यांकररट्रकको ढुवानी भाडा समेत रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निर्णय गरिएको छ ।’ विनियमावली अनुसार चालकलाई ३ महिनाको लागि निलम्बन गर्ने समेत निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

निगमको कर्मचारीसहित भलवारी डिपोमा ट्यांकर जाँच गर्दा स्वीकृत पीडीओ २० किलोलिटरभन्दा बढी पेट्रोल भेटिएको थियो । स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी देखिएपछि निगमले प्रहरी, भन्सार र निगमका कर्मचारीसहित मुचुल्का बनाएर ट्यांकर नियन्त्रणमा राखिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित