मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा १.४५ अर्बको पाँचतारे होटल सफ्रोन बन्दै, एक वर्षभित्र चल्ने

निजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ ।

होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि धकेलिएको छ। अहिलेसम्म होटलको ६५ प्रतिशत भौतिक र ६१ प्रतिशत वित्तीय प्रगति भएको सफ्रोनले जनाएको छ। अब होटलको ३५ प्रतिशत काम बाँकी छ।

होटल बनाउन १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमध्ये ९६ करोड ६० लाख रुपैयाँ ऋण र बाँकी ४९ करोड रुपैयाँ संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ।बैंकको ६६ प्रतिशत ऋण र ३४ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी हुने होटलले जनाएको छ।

९० करोड ५० लाख रुपैयाँ बैंकबाट ऋण प्राप्त भइसकेको छ।

५ हजार ५७४६ वर्गमिटरमा फैलिने होटलमा १०७ वटा कोठाहरू रहने प्रस्ताव गरिएको छ। होटलले ९५ करोड ६९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
होटल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटरको दुरीमा रहेको छ। नेपाल-भारत सीमानाबाट बुटबलस्थित होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ। होटल साइटमा प्रस्तावित बुटवल मण्डपको अगाडी १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र रहेको छ।

पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहेका छन। निर्माण अवधि होटलहरूको लामो गेस्टेसन अवधि हो।

होटलको अध्यक्ष चुन्नप्रसाद शर्मा रहेका छन्। उनी यसोदा फूड्सका अध्यक्ष पनि हुन्। होटल २०१८ को नोभेम्बर २१ मा स्थापना भएको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित