मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलको सप्तदिप बहुउदेश्यीय सहकारी पनि डुव्यो, संचालकहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन

बुटवल । सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि सप्तदिप बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालकहरु सहकारीको कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन् ।
कार्यालयमा कुनै पनि सुचना नटांसी सम्पर्क बिहिन भएको सहकारीका बचतकर्ताहरुले बताएका छन् ।
विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर संचालकहरु सम्पर्कविहिन भएपछि सदस्यहरुले सोमबार कार्यालय अगाडी धर्ना दिएका थिए ।
दैनिक रुपमा बचत गर्दै आएको पैसा नपाएपछि धर्ना दिएको बचतकर्ता लक्ष्मी मल्लले बताईन । सानो व्यवसायबाट जम्मा गरेको रकम सहकारीमा बचत गर्दै आएपनि संचालकहरु नै सम्पर्क विहिन भएपछि विचल्लीमा परेको मल्लले बताईन ।
अर्का बचतकर्ता सिता घिमिरेले बचत रकम फिर्ता गर्ने भन्दै संचालक समितिले टोकन दिएको र सोहि टोकन लिएर सहकारीमा जांदा कार्यालयमा ताला लगाईएको बताईन । कार्यालयका कर्मचारी फर्सुराम ढकालले कार्यालयका विषयमा आफुलाई धेरै जानकारी नभएको बताए । संचालकहरु सम्पर्क विहिन भएपछि पचास हजार देखि पांच लाखसम्म बचत गरेका बचतकर्ताहरुले इलाका प्रशासन कार्यालय अगाडी समेत धर्ना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित