भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्रेस चौतारी फुटसलको तयारी पूरा

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही वेशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रेस चौतारीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले भाग लिने प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक होटल एभरेष्ट इन बुटवल रहेको छ ।

तिलोत्तमा–३ योगीकुटी शान्तिचोकस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उदघाटन एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । प्रतियोगिता उदघाटनमा संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षहरु, महासचिव हिरामान लामालगायत उपस्थित हुनेछन् ।

प्रतियोगिताका लागि स्वस्तिक श्रेष्ठको संयोजकत्वमा आवश्यक तयारीको काम अगाडि बढाइएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । प्रेस चौतारी रुपन्देहीले पहिलोपल्ट फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विधागत पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

प्रतियोगिताको अघिल्लो दिन वैशाख २० गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिसँगको समन्वयमा सांगठनिक प्रतिवेदन लेखन तालिमको समेत आयोजना गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित