मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

डब्लु डब्लु जे लुम्बिनी प्रदेशको अध्यक्षमा दाङकी लिला शाह चयन

क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे को लुम्बिनी प्रदेश समिति गठन भएको छ। सनिवार बुटवलमा आयोजित भेलामा प्रदेश समिति गठन गरिएको हो। डब्लु डब्लु जे रुपन्देहीको आतिथ्यता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले दाङकी लिला शाहको अध्यक्षतामा ९ सदस्यीय नयां कार्यसमिती गठन गरेको हो।

जसको उपाध्यक्षमा भगवती पाण्डे, महासचिवमा गंगा खड्का, कोषाध्यक्षमा सावित्री गिरी रहेका छन्। त्यस्तै सदस्यहरुमा कल्पना तिवारी, रोशनी मल्ल, गिता पौडेल, मालती न्यौपाने र सृजना भट्टराई रहेका छन्। सोहि भेलाले डब्लु डब्लु जे रुपन्देहीले स्थापना गरेको संघर्षशिल पत्रकार महिला सम्मानबाट पत्रकार ईन्दिरा खनाल सम्मानित भएकी छन्। संस्थाका पुर्व सचिव तथा नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष खनालले विगत ५ वर्षदेखि जापानमा रहेर सकृय रुपमा पत्रकारीता पेशालाई पनि निरन्तरता दिदै आएकी छन्।

कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका उपप्रमुख अर्यालले पत्रकारीता क्षेत्रमा पत्रकार महिलाको अवस्था चित्त बुझ्दो नभएको भन्दै पहुंच विस्तार गर्न महिला पत्रकार सकृय रुपमा लाग्नुपर्ने बताईन्। डब्लु डब्लु जे रुपन्देहीका अध्यक्ष कल्पना तिवारीको अध्यक्षता, संस्थापक अध्यक्ष भगवती पाण्डेको स्वागत तथा सचिव विन्दु भट्टराईको संचालनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, एलाईन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डे, दाङका सल्लाहकार लिला शाह, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार, संचारिका समुह लुम्विनी प्रदेशका सचिव माया केसी, रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, सम्मानित पत्रकार ईन्दिरा खनाल लगायतले बोल्दै पत्रकारीता चुनौतीको पेशा बनेको भन्दै पत्रकारीतामा देखिएको विकृतिलाई चिर्न पत्रकारहरु नै लाग्नुपर्ने बताए। वक्ताहरुले पत्रकार महिलाहरुको संख्या मात्र नभई गुणात्मक वृद्धिका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित