मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गुल्मीमा जीप दुर्घटनामा हुँदा एकजनाको मृत्यु

गुल्मीको मालिकामा बुधबार राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार राती पौने १० बजेतिर मालिका गाउँपालिका वडा नं २ खल्टिङ खोलामा गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठेतर्फ जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा सोही जिपका सहचालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले दुर्घटनामा परि जिपका सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं ९ का १८ बर्षिय किशोर केसीको घटनास्थलमा नै मृत्यु भएको र चालक सोही स्थानका २१ बर्षीय प्रेमबहादुर केसी घाइते भएको जानकारी दिए।

घाइते केसिको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको पाण्डेले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित