मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सभामुख तुलाराम घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन् ।
प्रदेश सभा सदस्य पदमा पाल्पा निर्वाचन क्षेत्र न २ (२) बाट प्रदेश सभामा निर्वाचित घर्ती मगरले १३ लाख ८२ हजार रुपैया निर्वाचनमा खर्च भएको भन्दै खर्च सार्वजनिक गरेका हुन । उनले सबैभन्दा बढी प्रचार प्रसार सामग्री खरिद छ्पाइमा ३ लाख खर्च भएको बताएका छन् । त्यसै गरि इन्धनमा १ लाख ८२ हजार, कार्यालय स्थापना, संचालन र प्रतिनिधि परिचालनमा २ लाख, सवारी साधन भाडामा लिदा २ लाख, अन्तरकृया गोष्ठीमा १ लाख, सन्चार माध्यमलाई बिज्ञापन १ लाख, ब्यानर पानी औषधिसमेत १ लाख, चिया नास्ता ५० हजार ,ढुवानी १ लाख,मतदाता नामावली खरिद गर्दा ५० हजार रुपैया खर्च भएको सभामुखले जनाएका छन् । खर्चको विवरण प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को उप दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन आयोगमा यस अघि नै पेश गर्नु गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित घर्ती हाल प्रदेश सभाको सभामुख छन् । उनी ०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित