‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीमा सरकार गठन गर्न आह्वान गर्ने तयारी

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्ने तयारी भएको छ । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै सोहीअनुसार लुम्बिनी प्रदेशमा आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको बताइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नै बजेट निर्माणको समय आइसकेकाले सकेसम्म छिटै सरकार बनाउने गरी अगाडि बढ्ने संकेत गरेका थिए । सोमबार नै एमालेले धारा ३ र विपक्षी ८ दलले २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए ।

प्रदेश प्रमुख कार्यालय स्रोतले मंगलबार नै धारा २ अनुसार सरकार गठनको आह्वान हुन सक्नेगरी तयारी भएको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित