तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज भएको एकदिवसीय गोष्टी मार्फत शुन्य औँलो बनाउने अभियानमा लाग्न सवैलाई सन्देश छरिएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औँलो रोग हुने बताएकी छन् । लामखुट्टेबाट सर्ने रोग औँलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमलाई टोलटोलमा संञ्चालन गर्नुपर्ने सुझाईन् । मानव जिवन संग जोडिएको स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष चासोको साथ हेरिएको बताउदै उपप्रमुख हरिजनले आगामी दिनमा बजेट निर्माण गर्दा समेत प्राथमिकता दिईने कुरा औँल्याईन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले खानेपानी तथा शौचालय जस्ता समस्यालाई निति तथा कार्यक्रममा राखेर दिर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताए । अशिक्षाकै कारण जटिल प्रकृतिका रोगको शिकार नगरबासी बन्न पुग्ने बताउदै अर्यालले मलरिया रोग लाग्न नदिन झुल अनियवार्य प्रयोग र व्यक्तिगत सरसफाईलाई जोड दिनुपर्र्ने बताए । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न शाखा,वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख विच सो कार्यक्रम भएको थियो । पालिकाको सभाहलमा भएको कार्यक्रममा स्टाफ नर्स स्मृति गौतमको संञ्चालन रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित