तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताए । यसअघि रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा हाईमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘मुख्य चोकहरुमा सडक बत्ती जडान हुँदा यात्रु तथा स्थानीयबासीलाई सहज हुने, सडक दुर्घटना तथा अन्य घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेमा विश्वस्त छौं,’ उनले भने ।

हाईमास्ट सडक बत्ती जडान भइसकेपछि स्थानीयबासी हर्षित भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले बताए । भैरहवा–परासी सडकखण्ड अन्तर्गत बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो हाईमास्टको क्षमता ४ सय वाट रहेको छ ।

हाईमास्ट सडक बत्ती (लाइट) को आइतबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित