‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सत्ता गठबन्धनले संविधानको मर्म अनुसार चलेनः विश्वकर्मा

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनआन्दोलनबाट आएको परिवर्तनका उपलव्धिलाई उल्ट्याउने कोशिष भैरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनले संविधानको मर्म अनुसार ऐन कानुन निर्माणलाई प्राथमिकतामा नराखेको र सडकमा कतै अराजकतावादीहरुको पंक्ति र कतै राजावादीको पंक्ति अगाडि सारेर प्राप्त उपलव्धि उल्ट्याउने खेल भैरहेको बताएका हुन् ।

“सत्ता गठबन्धन संविधानको मर्म बमोजिम चलेको छैन, त्यस अनुरुपमा ऐन कानुन निर्माणमा सरकारको कुनै तदारुकता छैन”–उनले भने, “यसले प्राप्त उपलव्धि कमजोर हुने मात्र होइन सडकमा राजावादी र अराजकतावादी हावी हुने कुरालाई मलजल गरेको छ ।”

नेता विश्वकर्माले २०७२ सालमा जारी संविधानले दुई कार्यकाल पूरा गर्न नपाउँदै पुनरावलोकनको चर्चा उठ्ने गरेको भन्दै कम्तीमा १०÷१५ वर्ष पर्खनुपर्ने बताए । “अहिले नै यसको पुनरावलोकनको बेला भएको छैन, परीक्षणका लागि पनि कम्तीमा १०–१५ वर्ष पर्खनुपर्छ”–उनले भने ।

नेता विश्वकर्माले एमालेले देशव्यापाीरुपमा सञ्चालन गरेको मिसन ग्रासरुटले सबै तहका कार्यकर्ता पंक्तिलाई जिम्मेवार र जवाफदेही बनाएको र सबैमा जागरण पैदा गरेको बताए । पुष्पलालका योगदानको चर्चा गर्दै उनले एमालेले मात्रै सच्चा कम्युनिष्ट पार्टीको नेतृत् वगर्न सक्ने र देशलाई सही बाटोमा हिंडाउन सक्ने दावी गरे ।

कार्यक्रममा बोल्दै पुराना कम्युनिष्ट नेता देवेन्द्र घिमिरेले पुष्पलालका सही विचारको अनुसरण गर्न सके मात्रै देशमा कम्युनिष्ट शासन स्थापना गर्न सकिने बताए । कम्युनिष्ट इतिहासको चर्चा गर्दै उनले पुष्पलाललाई गद्दार भन्नेहरु पाखा लागेको स्मरण गर्दै सबै अटाउन सक्ने कम्युनिष्ट पार्टीको निर्माण नै आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरेलगायतले पनि पार्टीका आगामी कार्यक्रम, योजना र नीतिका बारेमा धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित