तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नहरपुर माविमा बिदाइ कार्यक्रम सम्पन्न

बुटवल । बुटवल ११ नहरपुरस्थित नहरपुर माविमा कक्षा ११ का विद्यार्थीहरुद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ एवम् शुभकामना प्रदान गर्ने कार्यक्रम सप्पन्न भएको छ।कक्षा ११ कि छात्रा कल्पना दर्जीको अध्यक्षतामा उक्त कार्यक्रम सप्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिका वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री , विशिष्ट अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका अधिकृत बाबुराम भण्डारी , विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोर प्रसाद पोख्रेल, सदस्य यम बहादुर सुनार, विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतम, साहायक प्रअ युवराज पन्थी, शिक्षक प्रतिनिधि बलराम न्यौपाने , आधारभूत सयोजक थिरलाल न्यौपाने , विद्यालयका शिक्षक कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष रामचन्द्र क्षेत्री , विशिष्ट अतिथी बाबुराम भण्डारी , विद्यालयका अध्यक्ष डोरप्रसाद पोख्रेल, प्रधानाध्यापक धनिश्वर गौतम, शिक्षक प्रतिनिधि बलराम न्यौपाने लगायतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए ।
उक्त अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण , उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवम विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। कक्षा ११ को छात्र सुदर्शन चन्दले स्वागत गरेको कार्यक्रमको संचालन विद्यार्थीहरु अनिशा विश्वकर्मा र अर्जुन विश्वकर्माले सयुक्त रुपमा संचालन गर्नुभएको कुरा विद्यालयका शिक्षक मनोज गौतमले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित