तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जितगढी उत्सव र नेपाली सेनाको पैदल यात्रा धुमधामका साथ मनाइयो (फोटो फिचर)

बुटवल । बुटवल उपमहानगरपालिका र नेपाली सेनालले अंग्रेजलाई नेपाली फौजले पराजित गरेको दिन पारेर आज बुटवलमा विजय उत्सव मनाएको छ । सम्वत् १८७२ बैशाख ७ गते अंग्रेज सेना माथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर उपमहानगर र नेपाली सेनाले संयुक्तरुपमा विजय उत्सव दिवस मनाएको हो ।

जितगढी  किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको र दुई पटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि अंग्रेज सेनालाई पाराजित गर्दै गोरखपुर सम्म लखेटेको दिनलाई बुटवल उपमहानगरले विजय उत्सव दिवसकारुपमा मनाउँदै आएको छ ।

उत्सवको अवसरमा गोरखाबाट विजय उत्सव मनाउन आएको नेपाली सेनाको पैदलयात्री टोली तथा बुटवलबाट सहभागी बिभिन्न आदीबासी जनजाती, धर्म र संप्रदायको झाँकीले नगर परिक्रमा गर्दै जितगढी किल्लामा पुगेर सभामा परिणत भएको थियो ।

युद्ध कमाण्डर उजिरसिंह थापकाको सालिकमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विजय उत्सव र उजिरसिंहका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले जितगढी किल्लालाई अन्तराष्ट्रियकरण गर्नु पर्ने बताए । उनले जितगढीले बुटवलको पहिचानलाई उचच बनाउको भन्दै किल्लाको संरक्षणका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

नेपाली सेनाका मध्यपश्चिम प्रितनापति यामप्रसाद ढकालले जितगढीले नागरिक र सेनाबीचको सम्बन्धलाई थप बलियो बनाउने र युद्ध पर्यटनको प्रचारप्रसार हुने बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले उपमहानगरले जितगढीलाई विशेष महत्वका साथ हेरिरहेको बताउँदै किल्लाको विकास गरेर अन्तरराष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बुटवलका पूर्व मेयर शिवराज सुबेदी, इतिहासका ज्ञाता निर्मल श्रेष्ठ, पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल लगायतले बोलेका थिए । विजय उत्सवका अवसरमा नेपाली सेनाले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै कवाज र झाँकी प्रदर्शन गरेको थियो ।

उपमहानगरकै पहलमा अहिले किल्ला नजिकै जीतगढी संग्राहलय निर्माणाधिन छ । युद्धका बेला बनाइएका संरचना रहेको जितगढीलाई अहिले युद्ध संग्रहालयमा विकास गरिंदै छ । जितगढी किल्लाको संरक्षण र वार्षिक रुपमा मनाइने उत्सवले पर्यटन प्रवद्र्धन गर्न, देशको इतिहास बचाउन र नयाँ पुस्तालाई पुर्खाको योगदान स्मरण गराउन सघाउने छ ।

DCIM177MEDIADJI_0098.JPG

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित