तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई संगठनको आग्रह

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो ।

संगठनले विज्ञप्ती जारी गर्दै उद्योग व्यापार व्यवसाय नै नरहेको खण्डमा आइरहेको घरभाडा पनि बन्द हुने र थप आर्थिक मन्दी हुने भएकाले अहिलेको परिस्थितिलाई मध्यनजर गरी घरभाडामा सकेसम्म अधिकत्तम छुट दिइ सहयोग गर्न आग्रह गरेको छ ।

समग्र देशको आर्थिक अवस्था अत्यन्त भयावह भएको हुँदा उद्योग, व्यापार, व्यवसाय क्रमिक रुपमा विस्थापित हुँदै गइरहेको अवस्थामा उनीहरुलाई स्थापित गरी बजार चलायमान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुले किस्ता रकमलाई २ वर्ष पछाडि लिने गरी कर्जाको व्याज क्रमिक रुपमा लिदै जान व्यवस्था गर्नको लागि संगठनले आग्रह गरेको छ ।

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीलाई आतंकित बनाइ डर, धम्की देखाएर कर्जा असुल गर्ने कार्य तत्काल बन्द गरी लिलाम प्रक्रियामा गएका सम्पूर्ण कार्यहरु स्थगित गर्न विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।

‘विगत केही वर्षदेखि कोभिड–१९ को प्रकोप आर्थिक मन्दी उत्पादनमा कमी, व्यापार, व्यवसायमा कमीलगायत कारणले व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धराशाही हुँदै क्रमिक रुपमा बन्द भइरहेका छन् । बजारमा लगभग ३० प्रतिशत उद्योगी व्यवसायी विस्थापित भइसकेका छन् व्यवसायी प्रतिष्ठानका घर तथा सटरहरु खाली हुने क्रम तीव्र गतिमा बढिरहेका छन् बैंकलगायत वित्तीय संस्थाले धेरैका घरजग्गाहरु लिलाम विक्रीको लागी प्रक्रियागत रुपमा अगाडि बढाएका छन्, ’विज्ञप्तीमा उल्लेख छ ।

‘यस्तो भयावह अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यापार संगठन, रुपन्देहीले देशको संकटको विषयमा गम्भिर भइ जटिल अवस्थामा मुलुकको अर्थतन्त्र सुधार गरी चलायमान गर्न गराउनको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछ । बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता, घरधनी र बैंक तथा वित्तीय संस्थालाई प्रत्यक्ष असर परेको हामी सबै जानकार छौं, ’अध्यक्ष ज्ञवालीले भने ।

बढ्दो आर्थिक मन्दीबाट व्यापार नभए पनि घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गर्ने अवस्था बढ्दै जाँदा बजार विस्थापित हुने क्रम बढ्दो रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ । यो स्थितिलाई मनन गर्दै खस्कदै गइरहेको उद्योग र व्यापारलाई सञ्चालन हुने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता रहेको अध्यक्ष ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित