‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

फोरलेन सडक निर्माणले गति नलिँदासम्म सञ्चारमन्त्री र सांसदहरुलाई दाङ प्रवेशमा निषेध

दाङ । घोराही-तुलसीपुर फोरलेन सडक संघर्ष अभियानले सांसदलाई दाङ प्रवेश निषेध गरेको छ । अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा निषेध गरेको हो ।

अलपत्र घोराही-तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको सुचनासहितको व्यानर घोराहीको चोकमा व्यानर टाँस गरेको छ ।

सडक निर्माणले गति नलिदासम्म सांसदलाई जिल्ला प्रवेशमा रोक लगाइने अभियानले जनाएको छ । सडकलाई मुद्दा बनाएर चुनाव जितेपनि सांसदले विश्वासघात गरेको र निर्माणले गति नलिदासम्म जिल्ला प्रवेशमा रोक लगाएको संघर्ष अभियानले सूचना उल्लेख गरेको छ ।

संचारमन्त्री रेखा शर्मा, सांसदहरु दिपक गिरी, मेटमणी चौधरी, डिल्ली चौधरी, राजु खनाल, धनबहादुर मास्की, प्रचण्ड विक्रम न्यौपाने, अनुराग खड्का, इन्द्रजित थारुलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित